धनुषामा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

सांकेतिक तस्वीर

धनुषामा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ।

जिल्लाको धनौजी गाउँपालिका ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु  भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए। उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जनाएकाे छ।

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आइसीयूमा भर्ना गरिएको थियो। 

योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-17 15:01:56

प्रतिकृया दिनुहोस्