वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्रका डीएसपीसहित ६५ जनामा काेराेना संक्रमण

वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर खत्रीसहित पर्सामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

डीएसपी खत्री, त्यही कार्यरत अर्का एक सशस्त्र प्रहरी जवानसहित ६५ जनामा आइतबार राति संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

आइतवबार राति संक्रमण पुष्टि भएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिका ४१ जना छन्। उनीहरुको साउन २६ गते वीरगञ्ज  ११ श्रीपुर र साउन २७ गते त्रिजुद्ध माविमा स्वाब संकलन गरिएको थियो। 

यस्तै पर्साकाे जगरनाथपुर गाउँपालिकाका ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनीहरुको साउन २७ गते स्वाब संकलन गरिएको थियो। 

यता पर्साकै सखुवाप्रसौनी गाउँपालिकाका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरुकाे साउन २६ गते स्वाब संकलन गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-17 13:31:56

प्रतिकृया दिनुहोस्