कोरोनाले कपिलवस्तुका एक पुरुषको बुटवलमा मृत्यु

कपिलवस्तुका एक ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मायादेवी गाउँपालिकाका ४२ वर्षीय पुरूषको कोरोना भाइरस संक्रमणले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।  

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनी तीन दिन अघि बुटवलस्थित प्रादेशिक अस्पताल पुगेका थिए। फोक्सोमा समस्या देखिएका उनको सो अस्पतालको आईसीयुमा उपचार भइरहेको थियो। 

कोरोना संक्रमणकै कारण यस अघि आजै वीरगन्जमा एक पुरूषको निधन भएको छ।

प्रकाशित मिति: : 2020-08-15 12:07:54

प्रतिकृया दिनुहोस्