मङ्गलबार, १६ सेप्टेम्बर २०२५

अमेरिकाविरूद्ध सैन्य कारबाही गर्ने चीनकाे घोषणा

News Image
Cover image: Financial Times
• • •

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनले फेरि अमेरिकालाई धम्की दिएको छ।

चिनियाँ जनमुक्ति सेनाले अमेरिकाविरूद्ध सैन्य कारबाही गर्ने घोषणा गरेकाे अधिकारीहरूले जनाएका छन्। त्यसाे त अमेरिका, ताइवान र चीनले आ–आफ्ना सेनालाई युद्धका लागि तयार रहन आग्रह गरिसकेका छन्।

तीनै देशले आ–आफ्ना शक्तिशाली सेनालाई उच्च सतर्कतामा राखेका छन्। ‘साउथ चाइना मर्निङ पोस्ट’को रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन हिचकिचाहट बिनै ताइवान उत्रिएकाे छ।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।


चीन–अमेरिका तनाव बढ्दो, ताइवान पुगिन् पेलोसी

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। चीनको निरन्तर चेतावनीका बावजुद उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन्।

पेलोसी चढेको अमेरिकी एयरफोर्सको जहाज मंगलबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको थियो। उक्त जहाज कता जान्छ भनेर संसारभरिका मानिसलाई चासो थियो। 

जहाज ट्रयाक गर्ने फ्लाइटराडारमा तीन लाख बढी मानिसले उक्त जहाजको अवस्थालाई पछ्याएका थिए। मंगलबार मात्रै चिनियाँ अधिकारीले पेलोसीको भ्रमणलाई लिएर यदि उनी ताइवान पुगे चिनियाँ सेना मुकदर्शक बनेर नबस्ने भन्दै चेतावनी दिएका थिए।

यस भ्रमणलाई लिएर गत साता पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षी जो बाइडेनसँगको एक घण्टा लामो वार्तामा पेलोसीको भ्रमणको प्रसंग उठाएका थिए। त्यसबेला पनि सीले अमेरिकालाई चेतावनी दिएका थिए। पेलोसीको भ्रमणसँगै अमेरिकी सभामुखको सचिवालयले मंगलबार नै विज्ञप्ति जारी गरेको छ। 

उक्त भ्रमणलाई इन्डो प्यासिफिक पारस्परिक सुरक्षा तथा आर्थिक साझेदारी र लोकतन्त्रिक सुशासनमा केन्द्रित यात्राको एक हिस्सा भएको विज्ञप्तिमा जनाइएको छ।


अमेरिकालाई चीनकाे धम्की: ताइवान जाने दुस्साहस नगरियोस् 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!