कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सिरहाको विष्णुपुर गाँउपालिका १ का निवासी ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राती ८ बजे अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकाे अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताए।

उनी निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्नाभएका थिए।  

योसँगै कोशी अस्पतालमा ६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ। यसअघि, महानगरपालिका ९ का दुई पुरुष, वडा ३ र ५का १ पुरुष र रंगेली नगरपालिकाका १ पुरुषको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-14 08:01:27

प्रतिकृया दिनुहोस्