​​​​​​​काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि

काभ्रेको मण्डनदेउपुर नगरपालिका १२ का वडा अध्यक्ष गोबिन्दप्रसाद पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। 

साउन २६ गते देखि घाँटी दुखेका कारण उनी उपचारको लागि साउन २७ अस्पताल पुगेका थिए। कोरोना संक्रमणको आशंकामा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्ट अनुसार आफूमा संक्रमण पुष्टि भएको उनले बताए। ‘घाँटी दुखेको भएर कोरोनाको आशंकामा पीसीआर परीक्षण गराएको थिएँ,’ उनले काठमाडौं प्रेससँग भने ‘बिहीबार करिब ३ बजेतिर मलाई कोरोना लागेको अस्पतालले जानकारी दियो।’

अहिलेसम्म पनि आफूलाई घाँटी दुख्ने बाहेक अन्य कुनै लक्षण नभएको उनले बताए। सामाजिक कार्यका लागि हिँडिरहनु परेकाले उनलाई त्यहीँबाट कोरोना संक्रमण भएको हुनसक्ने अनुमान छ। 

उनी मंगलबार अस्पतालमा पीसीआर परीक्षणको लागि स्वाब संकला गराई सार्वजनिक यातायातमा घर फर्किएका थिए।

प्रकाशित मिति: : 2020-08-13 18:17:30

प्रतिकृया दिनुहोस्