प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे। उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो।

यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो। 

नयाँ संक्रमित भेटिएसँगै प्रचण्डका सचिवालय सदस्यहरुको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सचिवालय स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-12 16:11:43

प्रतिकृया दिनुहोस्