कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण

 कर्णाली प्रदेशमा थप २३ जना कोरोना संक्रमण देखिएकाे छ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट पछिल्लो २४ घण्टामा थप २३ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका मध्ये सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र एकजना सल्यानका रहेकाे सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०३४ पुगेको छ।

यस्तै, कर्णालीमा बुधबार ३ जना डिस्चार्ज भएका छन्। डिस्जार्ज हुनेको संख्या १८९४ पुगेको छ।

 प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ भने १३४ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-08-12 16:06:06

प्रतिकृया दिनुहोस्