कोरोनाबाट आज थप चार जनाको मृत्यु 

बुधबार मुलुकका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु गएको छ। ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा थप एक(एक जना गरी ६ जनाको राति ज्यान गएको हो ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए। गेलालका अनुसार पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो।

गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो। 

यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको गए रातिनै ज्यान गएको हो।  निमोनिया, श्वासप्रश्वास लगायतका समस्या भएका उनी साउन ५ गते भर्ना भएका थिए। यस्तै ललितपुरकै किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर नतिजा पोजिटिभ  देखिको छ। 
मंगलबार राति सवा १ बजे मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।  मृतक काठमाडौं टेकुकी ७८ वर्षीया महिला हुन् । 

उनलाई यही २६ साउनमा पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले बताए।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए।

ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ। 

यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ। यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उनको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो। उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। 
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ ।

अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ। यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-08-12 10:50:55

प्रतिकृया दिनुहोस्