बाँकेमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ।
रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन्।
उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘मिति पुगेर जन्मिएको हो। बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको थियाे तर दिसा खाइसकेकोले बचाउन सकिएन,’ उनले भने।
महिलामा ज्वरो आएकोले पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई शनिबार भेरी अस्पताल नेपालगञ्जबाट कोहलपुर रेफर गरिएकाे थियाे।
बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको उपनिर्देशक श्रेष्ठले बताए।
मृत्यु भएकाे बच्चाकाे रिपोर्ट भने नेगेटिभ आएको छ।
महिलाको श्रीमान पनि कोरोना पोजेटिभ छन्। उनी बाँकेमै आइसोलेसनमा छन्।