किस्ट अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु

किस्ट अस्पताल, ललितपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

काभ्रे स्थायी घर भएकी ५० वर्षीय महिलाको सोमबार बिहान उपचारकाे क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर (सिओओ) अमिस पाठकले जानकारी दिए।

मृतक महिला निमोनियाका कारण समस्या भएपछि यही २५ गते अस्पताल भर्ना भएकी थिइन्।

सोमबार मृत्यु पश्चात उनको स्वाब परीक्षण गरिएकाे थियाे। दिउँसो २ बजे आएकाे कोरोना पोजेटिभ देखिएको पाठकले बताए।

सोमबारै कीर्तिपुर ट्याङ्लाफाँट निवासी एक पुरुष र वीरगन्जमा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो।

काठमाडौं महानगरपालिका १० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएकाे छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।

प्रकाशित मिति: : 2020-08-10 20:00:37

प्रतिकृया दिनुहोस्