फिफाले विश्वकपमा पहिलो पटक महिला रेफ्रीको नेतृत्व दिएकाे छ। सन् २०२२ मा हुने कतार विश्वकपमा महिला रेफ्रीलाई सहभागी गराउने निर्णय फिफाले गरेकाे हाे।
यसअघि विश्वकपमा हरेक वर्ष पुरुष मात्रै रेफ्री रहँदै आएका थिए। तर, यसवर्ष फिफाले उत्कृष्ट महिला रेफ्रीलाई छनौट गरी विश्वकपमा छानेको छ। फिफाले जापानकी रेफ्री यामासिता योसिमि, अफ्रीकी राष्ट्रकी सलीमा मुकानसगा र फ्रान्सकी स्टेफाइन फ्रापार्टलाई छनोट गरेको छ। उनीहरुले यसअघि पनि पुरुष च्याम्पियनसिप लिग, वल्र्ड क्वालिग फाइ म्याचमा रेफ्रीका रुपमा काम गरिसकेका छन्।
विश्वकप फुटबलमा उनीहरुसहित ६९ जनाले फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्दै छन्। फिफाले छानेको तीन उत्कृष्ट महिला रेफ्रीहरुलाई सहयोग गर्न ब्राजिल, क्यानाडा र अमेरिकाबाट महिला रेफ्रिहरु आउने भएका छन्। विश्वकपमा महिला रेफ्रि हुने भएकाले विश्वभरि चर्चाको विषय बनेको छ।
यी हुन्, विश्वकप खेलाउने महिला रेफ्री
यमासिता यासिमि
सन १९८६ मा जन्मिएकी यमासिता यासिमि अगामी कतारमा हुने विश्वकपमा रेफ्रीको रुपमा नेतृत्व गर्न भएकी छिन्।
यासिमि जापानकी अन्तर्राष्ट्रिय महिला रेफ्री हुन्। उनले यसअघि सन २०१९ मा फिफा वल्र्ड कप इन फ्रान्स र सन २०२० मा समर ओलम्पिक गेम्समा रेफ्रीको रुपमा नेतृत्व गरेकी थिइन्। उनी सन २०२२ मा हुने विश्वकप फुटबलमा पहिलो छनोट हुने महिला रेफ्री हुन्।
the-afc
उनले एफसी च्याम्नसिप लिगमा मेलार्बन र चुनाम डागनबीच भएको खेलमा च्यार्ज लिएकी थिइन्। उनी पहिलो रेफ्री महिला हुन्, जसले जे लिग र एफासी च्याम्पनसिप लिगमा महिला रेफ्रीको रुपमा नेतृत्व गरेकी थिइन्।
सलिमा मुकासगा
सन १९५५ अफ्रिकी मुलुकमा जन्मेकी सलिमा मुकासगाले पनि यसपटको विश्वकप फुटबलमा महिला रेफ्रीको नेतुत्व गर्न भएकी छिन्।
उनी सन २०१२ देखि नै फिफा विश्वकपको सूचीमा पर्दै आइरहेकी थिइन भने सन २०२२ मा उनी औपचारिक रुपमा महिला रेफ्रीमा अनुबन्धित भएकी हुन्। उनी पहिलो अफ्रिकी महिला रेफ्री हुन, जसले विश्वकपमा महिला रेफ्रीकाे रुपमा खेल खेलाउँदै छिन्।
Backpagepix
एक अन्तर्वार्ता उनले आफू बास्केटबल खेलाडी बन्न चाहेको तर पछि आफू महिला रेफ्री भएको जनाएकी थिइन्।
उनले यसअघि फिफा महिला वल्र्ड कप, अफ्रिकन महिला कप अफ नेसन्न लगायतका ठुलो फुटबल प्रतियोगितमा महिला रेफ्रीको रुपमा खेल खेलाएकी छिन् भने उनी नर्सिगकी विघार्थी समेत हुन्।
स्टेफाइन फ्रपाट
फ्रान्समा सन १९८३ मा जन्मेकी स्टेफाइन फ्रपाट सन २००९ देखि अन्तर्राष्ट्रिय फिफाको रेफ्रीका रुपमा अनुबन्धित भएकी थिइन।
पहिलाे पटक विश्वकपमा रेफ्री बन्दै गरेकी उनले पुरुष वल्र्ड कप क्वालिफाइग खेलमा च्यार्ज लिएकी थिइन्। उनले सन २०१४ मा पहिलो महिला रेफ्री हुन, जसले पुरुष फुटबल लिगको नेतृत्व गरेकी थिइन्। सन २०१५ मा पनि उनले फिफा महिला विश्वकप क्यानडमा रेफ्रीको भूमिमा निर्वाह गरेकी थिइन्।
उनले आइयफफ वल्र्ड बेस्ट रेफ्रकिो अवार्ड जितेकी थिइन्।
AFP/Getty Images