बाँकेमा प्रहरी र चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल गरिएकाे परीक्षणमा दुई चिकित्सक र चार प्रहरीसहित १५ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा दुई चिकित्सक नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत रहेको उल्लेख गरिएको छ ।
संक्रमितमध्ये चारजना वडा प्रहरी कार्यालयमा कार्यरत रहेको अस्पतालले जनाएको छ ।
पहिचान भएका कुल २० जना मध्ये चिकित्सक र प्रहरीसमेत १२ जना नेपालगञ्जका, ३ जना बाँकेको डुडुवा गाउँपालिकाका, २ जना कैलालीका तथा बर्दिया र सल्यान १/१ जना रहेको बताइएको छ ।
यता बाँकेमा पछिल्लो दिनमा २ सय १५ जना नयाँ संक्रमित थपिएका छन् ।