गण्डकी प्रदेशका ५ जिल्लामा थपिए ८ कोरोना संक्रमित

गण्डकी प्रदेशमा साेमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। क्षयरोग उपचार केन्द्र पोखरामा ५६३ जनाकाे नमुना परीक्षण गर्दा ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी बर्दघाट सुस्तापूर्वको गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन्।

यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन्।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। 

यससँगै गण्डकीमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन्।

६०९ नमुना परीक्षण

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परीक्षण भएको छ।

 जसमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर बर्दघाट सुस्तापूर्व ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परीक्षण भएको जानकारी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले जानकारी बिनाेदबिन्दु शर्माले जानकारी दिए।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ। 

यसैगरी गत २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज हुनुभएको व्यहोरा समेत अनुरोध छ।
 

प्रकाशित मिति: : 2020-08-10 12:42:56

प्रतिकृया दिनुहोस्