विश्वव्यापी रूपमा कोरोनाको संक्रमण बढिरहेको बेला न्युजिल्याण्डले भने उदाहरण प्रस्तुत गरेको छ। न्युजिल्याण्डमा पछिल्लो सय दिनमा कोरोनाको एउटा पनि संक्रमण देखिएको छैन।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयल हालै सार्वजनिक गरेको एउटा रिपोर्टमा देशमा हालसम्म १२ सय १९ जना मात्र संक्रमित फेला परेका छन्, जसमा सबैले स्वास्थ्य लाभ गरेको र अहिले ‘आइसोलेसन’ मा २३ जना मात्र रहेको बताइएको छ।
विश्वव्यापी रूपमा कोरोनाको २ करोड संक्रमित फेला परेको अवस्थामा न्युजिल्याण्डको यो तथ्यांक वास्तवमै गर्व गर्न लायक छ। न्युजिल्याण्डमा कोरोनाका कारण २२ जनाको निधन भएको थियो।
न्युजिल्याण्डमा पहिलो कोरोना संक्रमण २६ फेब्रअरीमा देखिएको थियो। उसले तीन महिनाभित्र कोरोनालाई नियन्त्रणमा राखिसकेको थियो। मे महिनादेखि न्युजिल्याण्डमा कारोनाको कुनै संक्रमण देखिएको छैन।
किवी सरकारले कोरोनाविरूद्धको अभियानलाई प्रभावकारी बनाउन अन्य देशसँग जोडिएको सीमालाई नियन्त्रणमा राखिसकेको थियो।
उसले बाहिरबाट आउने आफ्नो देशका नागरिकलाई सीमामै रोकेर कडा जाँच गरेको थियो। र, आफ्नो जनतालाई ‘लकडाउन’ को पूर्ण पालना गर्न तथा समाजिक दूरी कायम गर्न प्रोत्साहन गरेको थियो।
यस्तै, संक्रमण भएको ठाउँमा तुरुन्त परीक्षण गर्ने र संक्रमण फैलिएको ठाउँलाई नियन्त्रणमा राख्दै संक्रमितलाई भटाभट क्वारेन्टाइनमा राख्ने काम गरेको थियो।