बाँकेमा उपचारकाे क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

कोहलपुर नगरपालिका २ की ७० वर्षीय कोरोना संक्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।  

दुईदिन अघि उनमा कोरोना पुष्टि भएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले ती महिलाको दिउँसो तीन बजेतिर उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। 

यसअघि बाँकेमा कोरोना संक्रमणका कारण  दुई जनाको मृत्यु भइसकेको छ। नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवक र बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। 

आइतबार कोरोनाका कारण मृत्यु भएकी महिलासहित मृतकको संख्या तीन पुगेको छ।

प्रकाशित मिति: : 2020-08-09 18:12:41

प्रतिकृया दिनुहोस्