संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण देखिएकाे छ।
यसअघि संक्रमित दुई जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा थप पाँच जनामा संक्रमण देखिएको हाे।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार यसअघि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका चालक र अर्का एक महिला महिला कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो।
शिर मेमोरियल अस्पतालको आइसोलेसनमा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए।