गण्डकी प्रदेशका ४ जिल्लामा थपिए २४ कोरोना संक्रमित, थप ६० जना निको भए

गण्डकी प्रदेशका ४ जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा ७८२ जनाको नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. बिनाेदविन्दु शर्माले जानकारी दिए। 

जसमध्ये स्याङ्जा ७ जना रहेका छन्। त्यसमा कालिगण्डकीका २९ वर्षीय पुरुष, पुतलीबजारका ९, ३०, ५१, ४०, ३९, र ११ वर्षका पुरुष। यस्तै म्याग्दी बेनीका २१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ। उनीहरु भारतबाट आएका हुन्।

यता कास्की पोखरा महानगरपालिका १७ र ९ का ५५ र ५७ वर्षीय पुरुष र ४९ वर्षीय महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु भारतबाट आएका हुन्।

बाग्लुङमा १३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ। जसमा ३०, २९, ३०, २२, २२ ३३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षीय पुरुष छन्।  बाग्लुङका संक्रमितहरु महोत्तरी जिल्लाबाट आएका हुन्।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमुना परीक्षण भएको छ्र। जसमा गोरखा ५०, तनहुँ ५१, लमजुङ ६८, स्याङजा १८३, बाग्लुङ ६१, म्याग्दी ५५ र कास्की ३१४ नमुना परीक्षण भएको डा. शर्माले जानकारी दिएका छन्। यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गत २४ घण्टामा २८ नमुना परीक्षण भएको छ। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४४३ पुगेको छ। जसमा गत २४ घण्टामा स्याङ्जाबाट ३०, म्याग्दीबाट ६, नवलपरासी पूर्वबाट २० र लम्जुङबाट ४ जना गरि कुल ६० जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: : 2020-08-08 12:42:53

प्रतिकृया दिनुहोस्