पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको कोरोनाले मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको शुक्रबार मृत्यु भएको छ। 

पाटन अस्पतालमा उपचार गराइरहेकी ४१ वर्षीया महिला र ४५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। 

अस्पतालका निर्देशन डा. विष्णु शर्माका अनुसार उनीहरु दुवै साउन १९ गते अस्पताल भर्ना भएका थिए। मृतक पुरुष टेकु अस्पतालमै कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका हुन्। महिलाको साउन २० गते स्वाब लिइएको थियो। 

मृतक महिला रुपन्देहीकी हुन् भने पुरुष सर्लाहीका हुन्। 

पाटन अस्पतालमै उपचाररत अर्का एक ४५ वर्षीया पुरुषको बिहीबार निधन भएको थियो।  कोरोनाले पाटन अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । तीन जना स्थानीय हुन् भने ६ जना बाहिरी जिल्लाका हुन्।

प्रकाशित मिति: : 2020-08-07 15:52:06

प्रतिकृया दिनुहोस्