आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

फाइल तस्वीर

नेपालमा बिहीबार थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन्। यसमध्ये बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यस्तै झापाका ८, मोरङका २४, सुनसरीका १९, इलामका १५, धनुषाका २४, महोत्तरीका ३, सर्लाहीका २, सिराहाका २, पर्साका ४२, रौतहटका २, रामेछापका १, उदयपुरका १, बाजुराका ३, गोर्खाका ४, कपिलवस्तुका ३२, सर्लाहीका ७, कञ्चनपुरका २, भक्तपुरका १, भोजपुरका २, दोलखाका १ र ललितपुरका १० जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै नुवाकोटका १, चितवनका १, बाराका १४, मकवानपुरका ४, काभ्रेका ३, गोर्खाका २, कास्कीका १, पर्वतका १, दाङका ३, प्युठानका ५, रुपन्देहीका ४, दैलेखका १, सुर्खेतका १, जुम्लाका १, मुगुका १, बैतडीका १, डोटीका २, अछामका ७, बझाङका ३ तथा कैलालीका २१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण निको भएर थप २३३ जना संक्रमित डिस्चार्ज भएका छन्।

 योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ३८९ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ। 

हालसम्म ६५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-08-06 17:25:31

प्रतिकृया दिनुहोस्