गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा रहेकाे कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ।
एडिशनल चीफ सेक्रेटरी राजिव कुमार गुप्ताले दिएको जानकारी अनुसार पाँच पुरुष र ३ महिलाकाे मृत्यु भएकाे हाे।
४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ। शवलाई पोर्टमार्टमका लागि पठाइएको छ।
प्रहरीले दिएको जानकारी अनुसार श्रेय अस्पतालमा बिहिबार सबेरै साढे तीन बजे आइसीयूबाट आगलागी सुरु भएको हो।
त्यसपछि आगो दोस्रो वार्डमा फैलिएकाे थियाे। आगो सर्ट सर्किटका कारण लागेको बताइएको छ।
अस्पतालमा कोराेना संक्रमितका लागि ५० वटा बेड छ। दुर्घटनाका बेला ४० देखि ४५ बिरामी भर्ना थिए।