सशस्त्र प्रहरी अस्पतालमा काेराेना संक्रमित वृद्धाको मृत्यु

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

अस्पतालका प्रवक्ता डा प्रविन नेपालका अनुसार उपचारको क्रममा सर्लाही जिल्लाको मलंगवा ६ निवासी ६५ वर्षीया वृद्धाको मृत्यु भएको हाे।

ती महिला सर्लाहीबाट ज्वरो र निमोनियाको समस्याबाट ग्रस्त भइ रिफर भएर साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना भएकी थिइन्।

त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।

उपचारकैक्रममा स्वाब संकलन गरेर परीक्षण गर्दा १८ गते कोरोना पुष्टि भएको प्रवक्ता डा नेपालले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन १९ गते उनलाई प्रहरी अस्पताल भर्ना गराइएको थियाे। 

प्रकाशित मिति: : 2020-08-05 21:42:43

प्रतिकृया दिनुहोस्