सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु भएको छ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए।
उनका अनुसाररुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। त्यहाँ उपचार हुन नसकी धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै मृत्यु भएको हाे।
मृत्यु भएका रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ। स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको प्रहरीले जनाएकाे छ।
यस्तै, राजविराजस्थित छिन्नमस्तामा पनि उस्तै प्रकृतिकाे दुई जनाकाे मृत्यु भएकाे छ। श्वास फेर्न गाह्रो भएपछिडाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धलाई साउन १५ गते उपचार लागि अस्पताल भर्ना गरिएकाे थियाे। उनीहरुकाे पनि मृत्यु भएकाे सुपरिटेन्डेन्ट डा. झाले जानकारी दिए।
मृत्यु तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको छ।