बाँकेमा चार दिन निषेधाज्ञा थप

स्थानीय प्रशासनले बाँकेमा चार दिन निषेधाज्ञा थप गरेकाे छ। जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो। निषेधाज्ञा अब शनिबार रातीसम्म कायम रहनेछ।

समुदायस्तरमा कोरोना देखिएकाले थप चार दिन निषेधाज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। 

बाँकेमा विगत तीन दिनदेखि निषेधाज्ञा जारी रहेको छ। तीन दिन भनिएको निषेधाज्ञाको समय आज सकिदै थियो।

५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा गरेकाे छ। बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, वडा कार्यालय, आन्तरिक राजश्व, अदालत, यातायात कार्यालयका कर्मचारीलाई कोरोना देखिएकाले ती कार्यालयहरु बन्द छन्।

बाँकेमा हालसम्म ३ सय ९१ जना डिस्चार्ज भएका छन्। जिल्लामा अहिले बाँकेका ६२ र बाहिर जिल्लाबाट आएर यहाँ बसेका १० जना गरी ७२ जना आइसोलेसन सेन्टरमा रहेका छन्।
 

प्रकाशित मिति: : 2020-08-04 15:14:29

प्रतिकृया दिनुहोस्