विराटनगर महानगरपालिकाका कोरोना भाइरस संक्रमित वृद्धकाे मृत्यु भएको छ।
विराटनगर ५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा साेमबार मृत्यु भएको हो।
कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखिएकाे थियाे।
यही क्रममा उनकाे स्वाब परीक्षण गर्दा काेराेना संक्रमणकाे पुष्टि भएकाे थियाे।
योसँगै मोरङमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या २ पुगेकाे छ।