विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोशी अस्पताल विराटनगरमा गरिएकाे परीक्षणमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।
संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन्।
संक्रमितहरु विराटनगर महानगरपालिका ६ र ७ का हुन्। वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ। यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ।