भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ८ सय बढीको मृत्यु

भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सय बढीको मृत्यु भएको छ। 

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका कारण ८ सय ५३ को मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३७ हजार ३ सय ६४ पुगेको छ।

यस्तै शनिबार भारतमा ५४ हजार ७ सय ३६ नयाँ संक्रमित भेटिएका छन्। योसँगै १७ लाख ५० हजार ७ सय २४ संक्रमित भइसकेका छन्। 

यहाँ हालसम्म ११ लाख ४५ हजारभन्दा बढी यो रोगबाट निको भइसकेका छन्। हाल, यहाँ ५ लाख ६७ हजार ७ सय ३० सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2020-08-02 12:12:15

प्रतिकृया दिनुहोस्