पछिल्लो २४ घन्टामा उपत्यकामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४५ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट काठमाडौंका ४१, भक्तपुर र ललितपुरका २/२ जनामा काेराेना संक्रमण देखिएकाे छ।
२४ घन्टा अद्यावधिक विवरणअनुसार उपत्यकाका तीन जिल्लामा बुधबार १५ जना र मंगलबार ५३ जना संक्रमित फेला परेका थिए।
बिहीबार मन्त्रालयका प्रवक्ता गौतमले २४ घन्टामा मुलुकभर २७४ कोरोना संक्रमित थपिएको र २२७ जना डिस्चार्ज भएको जानकारी गराए।