रक्सौलमा कोरोना संक्रमणबाट एक डाक्टरको मृत्यु, मृतक ११ पुगे  

भारतको रक्सौलमा कोरोना भाइरसको संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ।  

अदपुर पीएचसीका मेडिकल अफिसर इन्चार्ज डा. नागेन्द्र प्रसादको बिहीबार एम्स अस्पताल पटनामा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार उनी एक महिनादेखि कोरोनासँग लडिरहेका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।

मोतिहारी जिल्लामा कोरोनाबाट मर्नेको संख्या ११ पुगेको छ। र जिल्लामा प्रतिदिन दर्जनौं भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ।  

 भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९६९ जना पुगेको छ । 

प्रकाशित मिति: : 2020-07-30 15:44:08

प्रतिकृया दिनुहोस्