प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ प्रहरीमा कोरोना पुष्टि भएको छ।
प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।
संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ। यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबार ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ।