अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ।
यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन्।
अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ।
ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ। हालसम्म ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ।