तङग्रिने तरखरमा तारे होटल

तीन दिन अघिसम्म महेन्द्रनगरस्थित चार तारे होटल ओपेरा सुनसान थियो । स्टाफहरु बिदामा घर गएका थिए । बास बस्ने यात्रु र रेष्टुरेन्ट धाउने ग्राहक नभएपछि ओपेरा परिसर शान्त देखिन्थ्यो । मुल ढोकामा सेक्यूरिटीबाहेक अरु कोही थिएनन् । कोरोना कहरका कारण यस्तो अवस्था झण्डै चार महिनासम्म रह्यो । अब भने ओपेरा तङग्रिने तरखरमा छ ।

बिदामा बसेका स्टाफ होटल फर्किन थालेका छन् । ब्यवस्थापनले तत्कालका लागि भौतिक दूरी कायम गरेर बास र रेष्टुरेन्टको सुबिधा प्रदान गर्ने निर्णय गरेपछि पुरानै चमक फर्काउने गरी काममा जुटेका छन् ओपेरा स्टाफ । ‘लकडाउनले होटलको मेरुदण्डनै भाचिए जस्तो भएको छ,’ प्रबन्ध निर्देशक गणेश चटौतले भने, ‘बैंकको ब्याज बढेको बढ्यै छ । कतिन्जेल बन्द गर्नु ? त्यसैले हामीले रुम र रेष्टुरेन्टबाट होम डेलिभरी सेवा दिन सुरु गरेका छौं ।’

प्रकाशित मिति: : 2020-07-29 18:59:38

प्रतिकृया दिनुहोस्