
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
लोकान्तर
माधवकुमार नेपालको ढुलमुले प्रवृत्तिको कारण फेरि एकपटक प्रचण्ड रक्षात्मक बनेका छन्। माओवादीको शक्ति झन्झन् क्षीण हुँदै गएको छ।
केपी ओलीलाई दम्भी र अहंकारीको आरोप लगाइरहने नेपाललाई ओलीले मात्रै ठेगान लगाउन सक्ने रहेछन्। पद वरिष्ठ नेता तर काम भने कसरी हुन्छ भाँजो हालेर बन्न लागेको काम बिगारिदिने उनको स्वभाव रहेछ।
महाधिवेशनमार्फत निर्वाचित अध्यक्ष केपी ओली थिए। स्वाभाविक रूपमा प्रधानमन्त्री पनि ओली नै थिए। नेपाल केवल वरिष्ठ नेता थिए तर उनले कस्तो सोच राख्ने रहेछन् भने केपी ओलीले हरेक काम मलाई नै सोधेर गर्नुपर्छ भन्ने जस्तो। उनले भने जस्तो भएन भने नाक फुलाएर गजरधम्म परेर बस्ने अनि गुट परिचालन गर्ने।
प्रचण्डको प्रयोग गरेर उनले पछिल्लो समय ओलीलाई पार्टीको साधारण सदस्यबाट नै निकाल्ने षड्यन्त्र गरे। आज उनी तिनै ओलीको पाउमा आफ्नो अनुहार लुकाउन पुगेका छन्।
यसरी हेर्दा पदको लोभी पनि माधवकुमार नेपाल नै रहेछन् भन्ने प्रस्ट भएको छ। प्रतिगमन आधा सच्चियो भनेर दरबारतिर कुद्न हतार गर्ने नेपालले यतिखेर आफूलाई केपी ओलीको निगाहामा समर्पण गरेका छन्। केको विधिको कुरा, केको पद्धतिको कुरा, केको प्रतिगमनको कुरा ? अब उनलाई आफ्नो अनुहार लुकाउन पाए पुग्छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया