‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
लोकान्तर
माधवकुमार नेपालको ढुलमुले प्रवृत्तिको कारण फेरि एकपटक प्रचण्ड रक्षात्मक बनेका छन्। माओवादीको शक्ति झन्झन् क्षीण हुँदै गएको छ।
केपी ओलीलाई दम्भी र अहंकारीको आरोप लगाइरहने नेपाललाई ओलीले मात्रै ठेगान लगाउन सक्ने रहेछन्। पद वरिष्ठ नेता तर काम भने कसरी हुन्छ भाँजो हालेर बन्न लागेको काम बिगारिदिने उनको स्वभाव रहेछ।
महाधिवेशनमार्फत निर्वाचित अध्यक्ष केपी ओली थिए। स्वाभाविक रूपमा प्रधानमन्त्री पनि ओली नै थिए। नेपाल केवल वरिष्ठ नेता थिए तर उनले कस्तो सोच राख्ने रहेछन् भने केपी ओलीले हरेक काम मलाई नै सोधेर गर्नुपर्छ भन्ने जस्तो। उनले भने जस्तो भएन भने नाक फुलाएर गजरधम्म परेर बस्ने अनि गुट परिचालन गर्ने।
प्रचण्डको प्रयोग गरेर उनले पछिल्लो समय ओलीलाई पार्टीको साधारण सदस्यबाट नै निकाल्ने षड्यन्त्र गरे। आज उनी तिनै ओलीको पाउमा आफ्नो अनुहार लुकाउन पुगेका छन्।
यसरी हेर्दा पदको लोभी पनि माधवकुमार नेपाल नै रहेछन् भन्ने प्रस्ट भएको छ। प्रतिगमन आधा सच्चियो भनेर दरबारतिर कुद्न हतार गर्ने नेपालले यतिखेर आफूलाई केपी ओलीको निगाहामा समर्पण गरेका छन्। केको विधिको कुरा, केको पद्धतिको कुरा, केको प्रतिगमनको कुरा ? अब उनलाई आफ्नो अनुहार लुकाउन पाए पुग्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया