भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ७ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका अनुसार त्यहाँ हालसम्म १४ लाख ८३ हजार १ सय ५७ जनामा संक्रमण देखिएको छ। जसमध्य ४ लाख ९६ हजार ९ सय ८८ केस सक्रिय छन्। संक्रमितमध्य ३३ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ।
सोमबार मात्रै संक्रमणका कारण ६ सय ५४ काे ज्यान गएकाे थियाे।
आइसीएमआरको अनुसार सोमवार ५ लाख २८ हजार ८२ जनाको स्वाब परीक्षण भएको थियो।
त्यहाँ साेमबारसम्म १ करोड ७३ लाख ३४ हजार ८ सय ८५ जनाको परीक्षण भइसकेको छ।