प्रहरीको मुख्य कार्यालय नक्सालमा कार्यरत २७ प्रहरीमा कोरोना पुष्टि

नेपाल प्रहरीको मुख्य कार्यालय नक्सालमा कार्यरत २७ जनामा प्रहरीमा कोरोना पुष्टि भएको छ। 

सुरुमा ४ जनामा कोरोना देखिएपछि उनीहरूसँग सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा अन्य २७ प्रहरीमा कोरोना देखिएको एआइजी नीरजबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार कोरोना देखिएका प्रहरीलाई अपचारको लागि अस्पताल भर्ना गरिएको छ। त्यस्तै उनीहरूसँग सम्पर्कमा आएका प्रहरीलाई क्वारेनटाइनमा राखिएको छ।  

'हामीले सबै सुरक्षाको व्यवस्था मिलाएका छौँ। सम्पर्कमा आएका सबैको कन्ट्रयाकट्रेसिङ हुन्छ,' शाहीले भने।

यसरी कोरोना देखिएका मध्ये धेरै सवारी शाखा र सञ्चार शाखाका रहेका छन यी दुई शाखालाई पूर्णरुपमा सिल गरिएको छ। उनीहरूलाई कोरोना कहाँबाट आयो भन्ने खुलेको छैन।

त्यस्तै सोमबार मात्र स्याङ्जा जिल्ला प्रहरी प्रमुख एसपी सहित १८ जना प्रहरीमा कोरोना देखिएको थियो। १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत १९ जनामा आइतबार कोरोना पोजेटिभ पुष्टि भएको थियो। 

अहिलेसम्म १ सय ८४ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिसकेको छ। जसमध्ये ९९ जना उपचारपछि काममा फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-07-28 12:35:39

प्रतिकृया दिनुहोस्