स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ। 

जिल्ला प्रहरी कार्यालय स्र्याङ्जा साउन ७ गतेदेखि सिल छ। 

जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो। 

सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब लिएर परिक्षण गर्न पठाउँदा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालय सिल भएको थियो।

यसअघि आइतबार प्रदेश १ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ। हालसम्म नेपाल प्रहरीमा एक सय ६० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भएको छ।

प्रकाशित मिति: : 2020-07-27 17:30:33

प्रतिकृया दिनुहोस्