गण्डकी प्रदेशमा थपिए २ कोरोना संक्रमित

गण्डकी प्रदेशका सोमबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा एक २९ वर्षीय पुरुष र अर्का ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु पोखरा महानगरपालिकाका हुन्।

दुबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ। 

यससँगै गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या १३७७  पुगेको छ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२०१ पुगेको छ।

मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रकाशित मिति: : 2020-07-27 12:15:46

प्रतिकृया दिनुहोस्