रक्षामन्त्री पोखरेल र अमेरिकी राजदूत र्‍यान्डीबीच भेट, एमसीसीलाई ढिलाइ नगर्न आग्रह

रक्षामन्त्री इश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेट भएको छ।

रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री सेमत रहेका पोखरेललाई आइतबार भेट गर्दै राजदूत बेरीले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका थिए।

भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सन्तबहादुर सुनारले बताए। 

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको उनले सुनाए।

तर सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित छ।
 
रक्षामन्त्री पोखरेलले भने सरकारले गम्भीर छलफल गरिरहेको बताए।

प्रकाशित मिति: : 2020-07-26 14:49:09

प्रतिकृया दिनुहोस्