आज १८६ जनामा संक्रमण पुष्टि, १७३ डिस्चार्ज, यस्तो छ जिल्लागत संक्रमितकाे अवस्था

पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा  १८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन्। यस्तै डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ।

पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ, र दैलेखका २/२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीका एकएक जना संक्रमित भएका छन्।

अहिलेसम्म नेपालमा ४० जनाको काेराेनाका कारण मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन्। 

पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-07-20 16:52:59

प्रतिकृया दिनुहोस्