गण्डकी प्रदेशका साेमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना कोरोना भाइरस सक्रमित थपिएका हुन्।
थपिएका मध्ये तनहुँका २ तथा स्याङ्जा र लमजुङका एक/एक जना हुन्। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ।
गण्डकीमा १००४ जना डिस्चार्ज भएर घर फर्केका छन्।
मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन्।