तुङ्गनाथको डायरीबाट– ३

गौरवपूर्ण इतिहास भएको सिंजा साम्राज्य

Breaknlinks
Breaknlinks

इतिहासको अनुसन्धान र अन्वेषण गर्दा मुख्य ३ वटा आधार लिनुपर्छ। प्रत्यक्ष अध्ययन, शब्द अनुमान, बुढा मरे भाषा सरे भने मैं सर्दै आएको भाषा। त्यसरी नै यो लेखको सुरुवात भएको छ।

जुन इतिहासका केही झिना घटनाको टिपोट मात्रै हो। यो इतिहास होइन। तर, इतिहास अध्ययन गर्न र लेख्न चाहनेका लागि प्रारम्भिक सूचना हो। त्यसैले पनि यो कुरा इतिहासप्रति रुचि राख्नेलाई बताउन जरुरी ठानेको छु।

सिंजामा नाग वंशीय खसल्ल राजाको राज्य हुनुभन्दा पहिले पाँचौ, छौटौं शताब्दीतिर पाल वंशीय राजाहरुको ठूलो राजकाज चलेको थियो। सिंजामा पनि पाल वंशीय राजाको वर्चस्व कायम थियो।



भाेजपत्रमा निगालाकाे कलम मसीमा चाेप्दै अक्षरसँग साइनाे लगाइन्थ्याे

पृथ्वी मल्लको दल्लु कृति खम्बामा एकातर्फ पाल वंशीय राजाहरुको नाम उल्लेख छ भने अर्कोतर्फ खस राजाहरुको वंशावली छापिएको छ। त्यस्तै तिब्बती वंशावलीमा पनि खस राजा र पाल राजाहरुको वंशावलीबारे उल्लेख छ।

सिंजा शब्दको अर्थ हुन्छ ’सुन्दरी नारी’, त्यसअनुसार कनका सुन्दरी नाम रहन गयो। कनका सुन्दरी, त्रिपुरा सुन्दरी, बडिमालिकालाई एउटै नामले उल्लेख गरिएको छ।(बालात्रुपुरा सुन्दरी, बाला बढी मालिका, त्रिसपुरा सुन्दरी, कनका सुन्दरी।) यी पछाडि सुन्दरी नाम लागेका मन्दिरहरु खस साम्राज्यभरी छन्।

मगर भाषमा सिंजा शब्दको अर्थ हुन्छ मौरी धेरै पाइने ठाउँ।

जुम्ला लाई चार किसिमले नामाकरण गरिएको थियो। दुहु जुम्ला, उपरी जुम्ला, तलि जुम्ला, पोरी जुम्ला, खला चौरदेखि चौंधबीससम्म उपरी जुम्ला, खलाचौर तल नाग्मको तल/माथि तलि जुम्ला र पोरी जुम्ला सिंजालाई भनिन्थ्यो। जाजरकोट बारेकोटलाई कान्छो जुम्ला भनिन्थ्यो। आज यो सबै कर्णाली प्रदेश हुन पुगेको छ।

अर्थ खारिप्रदेशस्तो, यो जावेश्वर तामगाद्

तेन श्रीनागराजेन सेञजापुर्‍या स्थिति (:) कृता।

(अर्थ– खारी प्रदेशमा बस्ने जुन श्री नागराज जावेश्वर हुनुभयो, उहाँले सिंजानगरमा स्थिति बसाल्नु भयो।)

गुंगे, गाग्री र पुराङ तिब्बतका जिल्लाहरुमध्ये खारी प्रदेश, ताक्लाखारसम्म नागवंशीय राजाको सीमाना थियो। पछि नाग राजाका भाइहरुले गड्वाल, कुमाउ, कास्मिर(खसमेर) केदारनाथ, बद्रीनाथ, खोचेरनाथ, मुक्तिनाथ, हिमवत खण्ड, हिन्दूकुश हिमाल र पहाडमा सानासाना थुम्य, हाकुरे, कोठेराजाहरुलाई जिते।

जसमध्ये (सपादलक्ष्यसिखरी) सवालाखे राजालाई जितेर करधिकृत राज्य बनाए। कर लिने र शासनसत्ता मान्ने बसाइ, सामन्त, महासामन्त, मात्य, अमात्य जस्ता पद दिएर उनीहरुलाई उनीहरुकै राज्य संरकक तर सिंजा राज्यका प्रजा बनाए।

नाग राजा भोटेमूलका बौद्धमार्गी थिए। उनी नै सिंजा साम्राज्यका संस्थापक राजा हुन।

नागराजाका सन्तानहरु चल्लबाट मल्ल हुनाका कारण जितारी मल्लबाट मल्ल भए। युद्ध भनेको ठूला तालिम प्राप्त, बैरी साघन गर्न सक्ने लडाकु योद्धबाट हुने चिज हो। मल्ल युद्ध कला कौशल जान्ने हुँदा ’मल्ल योद्धा’ भनिएको छ।

नागवंशीय राजाहरुको प्रमाणित इतिहासलाई इटालिका विद्धान टुची, योगी नरहरीनाथ, डा.स्वामी प्रपन्नाचार्य, प्रा.डा. सूर्यमणि अधिकारी, पूर्णप्रकाश नेपाल यात्री, बसन्त महर्जन, सत्यमोहन जोसी, डा.विपिन अधिकारी जस्ता थुरै विद्वानहरुले अध्ययन गरेका छन्। उनीहरुले खस साम्राज्यका क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, वादी, गाइने सम्पूर्ण त्यस बेलाका खसान भेगका मान्छेको अध्ययन अनुसन्धान गरेका छन्।

कनका सुन्दरीको लामाथाडामा राजधानी बनाउन सफल राजा नागराजको शासन उत्कर्समा पुग्यो। उनले जडान र खसानको बीचमा आफ्नो राजधानी बनाए।



छोरीहरूलाई विद्यालय ल्याउन जुम्ली युवाहरूले गुन्यू-चाेलाे लगाए

जडान भनेको भोटे (जाड) र खसान भनेको ब्राह्मन, क्षेत्री, कामी, सार्की सबै जाति वौद्धमार्गी हिन्दुमार्गीहरु हुन्। मलैबमले खाडाचक्र ’हाट लाग्यो, सिंजा विराट लाग्यो’ भनेको इतिहास पाइन्छ।

एकैसाथ सम्मान पूर्वक बौद्धलामा भिक्षु, बौद्ध विद्वानहरुलाई हिन्दू धर्म मान्ने संस्कृत अध्ययन गरेका विद्वानहरु, बडेबडे ऋषिमुनीहरु ज्योतिषीहरुको सिंजामा जमगठ हुने गर्दथ्यो। काशीसँग प्रत्येक्ष सम्पर्क थियो।

काशीबाट आएका विद्धान गुरुहरुबाट गुरुकूलबाट शिक्षा-दीक्षा दिने गरिन्थ्यो। पठन पाठनको सम्पूर्ण जिम्मा उनीहरुलाई नै थियो। खस राजाहरुले विद्वानहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्न पाउने गरी सम्मान पूर्वक राखेका थिए।

ताल्लाखारबाट हरेक वर्ष असोज, कार्तिकको महिनामा १० वटा चिडिया च्यान्ठा घोडा (जंगली घोडासँगको संसर्गबाट जन्मिएका घोडाको नयाँ जात) १० के.जी.सम्म सुन, १० वटा ताजक्विचनका बोखु इत्यादी करको रुपमा आउँथ्यो।

यस क्षेत्रमा बग्ने नदी र पछि यो नदीले कोरेको सीमानाभरी करनाली नाम रहनाको तीन वटा कारण छन्।

ताक्लाकोट क्षेत्रबाट धेरै कर आउने हुनाले पनि करनाली, करनाल जस्तो बाजाको आवाज आउने हुनाले पनि करनाली र मानसरोवर कैलाश फेदीबाट बग्ने भएको हुनाले करनाली नाम हरन गएको अनुमान छ।

करनाली नदी मुहानबाट भारतको गंगाजमुनासम्म गरी ५ सय ५ किलोमिटर लामो छ।

सिंजा लामाथाडा कनका सुन्दरीको खस राजाको राजधानी सम्पन्न विद्यानगरे श्रीमती सिज्जापुरे(सम्पूर्ण भरिपूर्ण) भरीपूर्ण थियो भन्ने बुभिन्छ।

अस्वशालाख घोडाका तबेली गजराला, हात्तीका तबेला, तेलकुवा, दुधकुवा, जलकुवा, रंगशाला, फुटबल ग्राउन्ड, सैनिक अभ्यास, प्रांगणग्राउन्ड, माछापोखरी, वन्दीराज सिंचाइकुलो, सुघाघवल शब्द, (ठूला ठूला सेता चुन कमेरो लगाएका अग्ला घरहरु, माहामात्य, अमात्य, राजमहल, सामन्त महल जस्ता थुप्रै विशाल भवनहरु थिए।

हरेक वर्ष पहलमानहरुका युद्ध हेर्न, लड्न  र पुरस्कृत हुन देश विदेशबाट मानिसहरु आउने गर्थे। हरेक वर्ष धार्मिक सम्मेलन हुन्थ्यो। शैक्षिक सम्मेलन र बौद्ध सम्मेलन हुने गरेका गौरभपूर्ण इतिहास भएको साम्राज्य हो, सिंजा।

प्रस्तुति: महेश नेपाली

प्रकाशित मिति: : 2022-04-21 20:00:00

प्रतिकृया दिनुहोस्