थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। 

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएका हुन्। 

उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ। यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए।

हाल २३ हजार २७५ जना क्वारेन्टाइन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन्।

यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ। 

प्रकाशित मिति: : 2020-07-18 16:34:04

प्रतिकृया दिनुहोस्