शुक्रबार विश्वभर दुई लाख ३७ हजार बढी संक्रमित थपिए

विश्वभर एकै दिनअहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। 

सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका हुन्।

यसअघि विश्वभर एकै दिन जुलाई १२ मा दुई लाख ३० हजार ३७० जना संक्रमित थपिएका थिए। जुलाईमा काेराेना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या पाँच हजार भन्दामुनि रहँदै आएको छ।

विश्वभर कुल संक्रमितको संख्या शुक्रबार  एक करोड ४० लाख नाघ्यो। यस्तै ज्यान गुमाउनेको संख्या पाँच लाख ९० हजार भन्दा बढी पुगेको छ।

प्रकाशित मिति: : 2020-07-18 07:55:09

प्रतिकृया दिनुहोस्