मङ्गलबार, ३० डिसेम्बर २०२६

माधव नेपालका तीन ‘मुभ’ जसले ओलीलाई अत्यायो

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

प्रतिनिधिसभामा विश्वासको मत लिने बैशाख २७ को मिति नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहमा रहेका मन्त्रीहरुको बेचैनी बढेको छ। सुरुमा प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई फकाएरै बहुमत जुटाउने रणनीतिमा थिए। तर, यहीबीचमा माधव नेपाल पक्षको ‘मुभ’ बाट उनी थप आत्तिए।

भुइँको टिप्न खोज्दा गोजीको मत उम्कने अवस्था आएपछि अन्ततः प्रधानमन्त्री ओली अहिले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ता लिने र उनीहरुलाई फकाउने सम्झौतापरस्त लाइनमा आइपुगेका छन्।

दुई दिनयता ओली पक्षका नेताहरुले धमाधम माधव–झलनाथ पक्षका युवा नेताहरुसँग भेट गरेका छन्। उता, विहीबार साँझ बूढानीलकण्ठस्थित देउवा निवासमा  पुगेका एमालेका बरिष्ठ नेता माधव नेपाललाई बाटैबाट शीतलनिवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरेकी छिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!