भारतमा कोरोना संक्रमितकाे संख्या १० लाख नाघ्याे

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १० लाख नाघेकाे छ। बिहीवार भारतमा थप ३४ हजार भन्दा धेरै संक्रमित थपिएका थिए।

विश्वका ३ मुलुकहरु मात्र छन् जहाँ कोरोना भाइरसको संक्रमण १० लाख भन्दा धेरैमा रहेको छ। अमेरिका र ब्राजिलपछि तीब्र रफ्तारमा कोरोना संक्रमित हुने मुलुक हो, भारत। 

भारतमा ८ लाखबाट १० लाख संक्रमित पुग्न जम्मा ६ दिनमात्र लागेको छ। र, १० दिनको अन्तरालमा २० हजार बाट मृत्यु हुनेको संख्या २५ हजार पुगेको छ।

 भारतमा हिजाे मात्रै ६ सय ९० जनाको मृत्यु भएकाे थियाे। 

विज्ञहरुको अनुमानलाई मान्ने हो भने अर्को एक मिलियन अर्थात् १० लाख संक्रमित थपिन अब एक महिनाभन्दा धेरै लाग्ने छैन।

प्रकाशित मिति: : 2020-07-17 08:40:10

प्रतिकृया दिनुहोस्