कविता

'हतियारकाे ऐलान'

सुधा अत्रि

म्यान्मार

भनिदिनु ती 
मरेर जानेहरूलाई
आफ्नो जीवन न्यौछावर गर्नेहरू अनि
पक्राउमा परेकाहरूलाई,
हामी कहिल्यै हार्ने छैनौ ।

यो युद्ध अन्तिमसम्म लड्ने नै हो 
अब पनि पछि सरेर कहाँ हुन्छ र?
एक-अर्काको सहायता अनि
सहयोगी बन्दै आऊ, अब संघर्ष गर्नु छ ।

क्रूर सैन्यको विरूद्ध
हतियार समाई क्रान्ति ल्याउन
हत्यारा सैन्य क्रूरको विरूद्ध
ऐलान गर्छिन्, आफ्नै सञ्जालमा । 

प्रश्न छ उनीलाई,
सफल जीवन, उन्नतिको शिखर
सुप्रसिद्द सुन्दरी जीवनबाट
यस्तो दुखद, सङ्घर्षले भरिएको
क्रान्तिको जीवन कसरी रोजियो ?

शान्त प्रेमी, शान्तिकै लहरमा
आफ्नो मागलाई राख्दै थियौं
यी पछिल्ला दिनहरूमा, 
जनप्रतिको क्रूरता 
नरसंहारको भयावहरूप
निर्दोष, आमाको हत्या,
विद्यार्थीलाई शरण दिएकी
गर्भवति महिलाहरूलाई
नजिक शिरैमा गोली हानेर मारिदिएपछि
मेरो हृदय त्यसै रोमाञ्चित भएर
मेरो हृदय स्पन्दन बन्यो। 

यस्तै यस्तै विषयले
मलाई क्रान्तिकारी बनायो।

त्यो क्रूरता पन्छाउन
लालायित युवाहरू,
मृत्युलाई अगांलेका 
युवाहरूको निम्ति केही कुरा 
सौगातमा दिनुछ,  
म जस्तै सैन्य क्रूरताको विरूद्ध
युद्धमा भाग लिने युवाहरूलाई
एउटै निवेदन छ
सक्दो पक्षबाट,
युद्धको अन्तिम पलसम्म साथ दिन आग्रह छ, 
साथदिनेलाई
हृदयबाट नै उच्च सम्मान छ।

एउटै हो दुस्मन, एउटै छ लक्ष्य 
एउटै हौं जहान,  
उदेश्य नभुलौं 
मार्गबाट नटाढिऔँ
अन्तिम पलसम्म नै लडेर जाऔं ।

प्रकाशित मिति: : 2021-05-19 16:33:00

प्रतिकृया दिनुहोस्