पछिल्लो २४ घन्टामा ८२ जना थपिए, १४७ निको भए

पछिल्लो २४ घन्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १६ हजार ८ सय १​ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो।

संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार कुल संक्रमितको ५१.१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: : 2020-07-12 16:22:38

प्रतिकृया दिनुहोस्