प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ परेका गरेको हो ।
गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
त्यसैगरी पक्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल रहेका छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा रु तीन हजार ११६ जरिवाना फैसला गरेको थियो ।
वडा प्रहरी रामबजारको टोलीले सिग्देललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिए।