साफ यु- २० महिला च्याम्पियनसिप

महिला टाेलीलाई बिदाइ

बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने साफ यु– २० महिला प्रतियोगिता खेल्नका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएकाे छ। टाेलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रमकाे आयाेजना गरी बिदाइ गरेकाे हाे।

खेल आगामी फेब्रुअरी ३ देखि ९ गतेसम्म हुनेछ। साफ यु– २० महिला च्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता हुनेछ।

उद्घाटन खेलमा आयोजक राष्ट्र बङ्गलादेश र नेपालबीच प्रतिस्पर्धा हुनेछ। नेपाली टाेलीकाे नेतृत्व कप्तान प्रिति राईले गर्नेछिन्।

यस्ताे छ नेपाली टोली

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेण्डर: सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर: तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई (कप्तान) अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड: गरीमा राई, अमिसा कार्की, ममता पुन, अञ्जली चन्द

प्रकाशित मिति: : 2023-01-31 16:29:00

प्रतिकृया दिनुहोस्