सर्लाहीमा भाेलिबाट सरकारी कार्यालय खोलिने

सर्लाहीका सरकारी कार्यालयहरु सोमबारबाट खुल्ने भएका छन्। लकडाउन जारी भएको ११ चैतपछि सोमबारबाट सर्लाहीका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो।

सामाजिक दुरी कायम गर्दै कार्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबारको निर्णय अनुसार सोमबारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमीसुधारसहितका कार्यालयहरु सञ्चालनमा आउनेछ।

बढी भिडभाड नहोस् भन्नका लागि प्रत्येक स्थानीय तहका लागि दिन निर्धारण गरेर सेवा प्रवाह गर्ने निर्णय भएको छ।

आइतबार सदरमुकाम मलंगवा नगरपालिका र ब्रहमपुरी गाउँपालिका, सोमबार हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र पर्सा गाउँपालिका, मंगलबार बलरा नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिका, बुधबार बिष्णु गाउँपालिका, चक्रघटा गाउँपालिका र कविलासी नगरपालिका, बिहीबार कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिका तथा शुक्रबार इश्वरपुर र हरिपुर नगरपालिकाका बासिन्दालाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-07-05 19:03:06

प्रतिकृया दिनुहोस्